सौर्य दैनिकको नवाैँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । सौर्य राष्ट्रिय दैनिक पत्रिकाको नवाैँ वार्षिकोत्सव सम्पन्न भएकाे छ । राजधानीको पानीपोखरीस्थित पत्रिकाको केन्द्रीय कार्यालयमा फागुन ७ गतेका दिन सम्पन्न भएको हो । उक्त समारोहमा तीन जना सौर्य दैनिकका कर्मचारीलाई प्रमाणपत्रले सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा डेस्कबाट बिन्दुकान्त घिमिरे, संवाददाताबाट यसिमा महत र डिजाइनबाट पहाडी तुलाधर छन् । कार्यक्रममा सौर्य दैनिकका प्रधान सम्पादक बोधराज त्रिपाठी, निर्देशक बसन्तराज पन्त, सम्पादक ईश्वरीप्रसाद काफ्ले लगायतको सहभागिता रहेको थियो ।

प्रधान सम्पादक त्रिपाठी र निर्देशक पन्तले तीन पत्रकारहरुलाई सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सम्पादक बोधराज त्रिपाठीले एक वर्षको कार्यकालमा सम्पूर्ण कर्मचारीले पत्रिकाको गरिमालाई उचाइमा पुर्याएकोमा धन्यवाद दिँदै आगामी वर्षमा पनि यस्तै साथ र सहकार्यको अपेक्षा रहेको विश्वाश व्यक्त गरे ।

प्रतिक्रिया