जापानका वोसुकीलाई पोखरा म्याराथन

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता किरणसिंह बोगटीलाई पछि पार्दै जापानका ताकानासी वोसुकीले पोखरा म्याराथनको उपाधि जितेका छन् ।

पोखरामा शनिबार भएको म्याराथनमा निर्धारितत दुरी २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा तय गर्दै उनी च्याम्पियन बनेका हुन् । दाबेदार तथा आश गरिएका १३ औँ सागका स्वर्ण विजेता किरणसिंह बोगटी दोस्रो स्थानमा समेटिए । किरणलाई सहजै १ मिनेट ५७ सेकेण्डले पछि पार्दै ताकानासीले अरामदायी जितका साथ उपाधि जितेका हुन् ।

दोस्रो भएका सशस्त्र प्रहरी बलका किरणले २ घण्टा २८ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरे । भारतीय सेनाका अनिस थापा तेस्रो भए । उनले २ घण्टा २९ मिनेटमा दुरी तय गरे । पाँच किलोमिटर पुरुषतर्फ विनोद गुरुङ, बिवेक परियार र प्रदीप भुजेल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

१० किमी पुरुषतर्फ पूर्ण बहादुर कार्की, याङ देन राई र आशिष कुवँर पहिलो, दोस्रो र तेस्रो भए । पाँच किमी महिलातर्फ बिनु बिक, प्रतिज्ञा सुवेदी र मधुरा सुवेदी पहिलो, दोस्रो र तेस्रो भए । महिला १० किमीमा इन्द्रकला नेम्वाङ, अनिता राई र विन्डी पहिलो, दोस्रो र तेस्रो भए ।

ह्विलचियर पुरुषतर्फ सुरेश गौली, भरत अधिकारी र खुम बहादुर पाण्डे पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ पुनम बिक, धना मगर र लक्ष्मी सुनार पहिलो र दोस्रो भए ।

म्याराथनका विजेताले २ लाख प्राप्त गरे । त्यस्तै उनले बेलायतमा आयोजना हुने कुनै एउटा म्याराथनमा सहभागी हुन पाउने छन् । म्याराथनको दोस्रोले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १०, दृष्टी विहिन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतिक्रिया