ग्लोबल आइएमई बैंकको सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पसको भवन निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकका इटहरी शाखा प्रबन्धक मुकेशकुमार शाहले सोमबार आयोजित कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई सहयोग रकमको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख निरौलाले क्याम्पसमा विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी अध्यापन गराउने गरेको र ग्लोबल आइएमई बैंकले क्याम्पस भवन निर्माणको लागि आर्थिक सहयोग गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए । बराहक्षेत्र नगरपालिकाका मेयर खनालले बैंकले क्याम्पस भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेकोमा धन्यवाद दिए ।

प्रतिक्रिया