विश्वका नेताहरुले कोरोना भाइरस नियन्त्रणमा चीनलाई सघाउने

बेइजिङ । चीनमा प्राणघातक सङ्क्रमणका रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताहरुले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र पनि ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका थिए । संयुक्त राष्ट्रसंघले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिदै यस भाइरसको सङ्क्रमण रोक्न गरेका प्रयासको सराहना पनि गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणको लागि गरेका प्रयासको सराहना गरेका छन् । उनले चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताएका छन् । उनले अहिलेसम्म चीनले अघि सारेका नियन्त्रणका उपायहरुको प्रसंशा गरेको पनि समाचारमा जनाइएको छ ।

चीनले यस भाइरसको सङ्क्रमण रोक्न हालसम्म चालीस हजार भन्दा बढी सामुदायिक स्वास्थ्य कार्यकर्ता तथा स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ । चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले जानकारी दिएका थिए । नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायको लागि औसतमा ६ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् ।

उनले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको जानकारी दिँदै यो संख्याले स्थानीय नागरिकलाई प्रत्यक्ष रुपमा हेर्न सकेको छ या छैन भनेर पनि निरीक्षण भइरहेको र आवश्यकताअनुसार स्वास्थ्यकर्मीहरुको संख्या बढाइने बताए । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिएका छन्छ । उनले पनि चिनियाँ प्रयासहरुको सराहना गर्दै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने बताए ।

ग्रिक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गर्नुरेका छन् । यस महामारीको नियन्त्रणका लागि आफ्नो देशले पनि सक्दो सहयोग चीनलाई गर्ने आस्वासन उनले दिएको समाचारमा जनाइएको छ ।  टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट यो भाइरस निवारणको काम चीनले छिट्टै गर्ने धारणा राखेका छन् ।

यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिसका प्रधानमन्त्रीहरुले पनि चीनलाई सान्त्वता दिँदै यस सङ्क्रमणको नियन्त्रण का लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने बताएका छन् । उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यका लागि आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको समाचारमा जनाइएको छ ।

हाल चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनत गरेर काम गरिरहेको एको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुतरूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बुधबार प्राप्त समाचारअनुसार यस भाइरसबाट चीनभरी १ हजार १०० व्यक्ति मृत्यु भईसकेको छ । भाइरसको सुरुवात भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी सङ्क्रमित भएका अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया