रिभ्याम्पको ‘मलाई बाल’ सार्वजनिक

काठमाडौं । र्यापर रिभ्याम्पको आवाज रहेको गीत र्यापर गीत ‘मलाई बाल’ को भिडियो सार्वजनिक भएको छ । र्यापर रिभ्याम्पको स्वर, विट र अभिनय रहेको उक्त गीत एमएम इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको हो ।

डकुमेन्ट्री बेस यो गीत रिभ्याम्पको सत्य घटनामा आधारित रहेको जनाइएको छ । गीतको भिडियोलाई समिर राईले छायांकन, सम्पादन र मिक्सिङ गरेका छन् । र्यापर रिभ्याम्पका ‘मेरी आमा’, ‘बलात्कार’, ‘ठुटे’ हिन्दी नेपाली मिक्सअप लगायत एक दर्जनभन्दा बढी र्यापर गीत सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया