चिनियाँ राष्ट्रपतिले गरे कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

बेइजिङ । चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गरेका छन् ।

उनको बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारका लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गरेको समाचारमा जनाइएको छ ।

उनले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारको लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिएको बताइएको छ ।

प्रतिक्रिया