सडक सञ्जालसँग जोडियो शुभकालिका

कालीकोट । सडक खन्दै भत्किँदै गर्दा जिल्लाको शुभकालिका गाउँपालिका सडक सञ्जालले छुन सकेको थिएन । स्थानिय सरकारको चुनाव हुँदा विभिन्न आश्वासन देखाउँदै खानेपानी, विद्युत, सडक, शिक्षा लगाएत भौतिक पुर्वाधारका क्षेत्रमा राम्रो काम गर्ने प्रतिवद्धता विभिन्न पार्टीलेहरुले गरेपनी खासै राम्रो काम हुन सकेको थिएन । चुनाव लड्दा गरेका कतिपय प्रतिवद्धताहरु हराए । तर, लामो समयपछि विकासिय दृष्टिकोणले फड्को मार्दै शुभकालिका गाउँपालिका सडक कञ्जालसँग जोडिएको छ ।

गाउँमै गाडी पुग्दा स्थानीय हर्षित

सेरीघाटदेखि माथि करिव ८ किलोमिटरको पैदल यात्रा गर्दा शरिर भरी पसिनाले बिझेको, भारी बोकेरै च्यातिएका कपडा, पिठीउमा बसेका डामहरु स्थानियको मस्तिष्कमा घुमिरहेको छ । विरामीलाइ स्टेचर, डोकोबाट बोकेर भिरको बाटोको प्रवाह नगरी ज्यानै बाजी राखेर सडक सम्म पर्याउनु पर्ने बाध्यता अनी गाउँघर मै उत्पादन भएका तरकारी तथा फलफुलहरु सदमुकाम लगाएतका बजारमा बिक्रीका लागि ल्याउनु पर्ने पीडा शुभकालिकामा गाउँपालिकामा थियो ।

स्थानिय तहको चुनावपछि स्थानिय तहरुले पहिलो प्राथमिकता सडक निर्माण कार्यलाइ दिएका छन् । अहिले हेर्ने भने अधिकाशं नगरपालिका र गाउँपालिकामा सडक सञ्जालले छोइसकेको छ । शुभकालिका गाउँपालिकामा पनि अब निरन्तर गाडीहरु गुड्ने भएपछि स्थानियवासीहरुको मुहारमा खुसिपना देखिएको छ । वडा नं.२ मा गाडी पुग्दा बालबालिका, युवा, बृद्ध, बृद्धा, जेष्ठ नागरिक सबै हर्षित देखिएका छन् । शुभकालिका गाउँपालिका वडा नं.२ का बुदे विक वर्षले ६१ नाघे । उनले भने ‘पहिला मान्म, सुर्खेत, नेपालगंज लगाएतका शहर बजारमा गाडी देख्न पाएका थियाैँ, सामान पनी पिठीउमा बोक्दै आउनु पथ्र्यो । अब भने हाम्रा सुखका दिन आएको महशुस भएको छ ।’

कालिकोटका ९ वटा स्थानिय तहहरु मध्ये शुभकालिका गाउँपालिकालेपनि सडकलाई नै प्राथमिकता दियो । भौगोलिक विकटता रहेको शुभकालिका गाउँपालिकाका गाँउहरुमा सहजै सडक पुर्याउन भने सकिने अवस्था थिएन । सडक सञ्जाल लगाएतका विभिन्न विकासिय योजनाहरुमा पालिका सरकारले ध्यान दिएपनी विकास गर्न भने अप्ठारो रहेको पालिका अध्यक्ष खडानन्द चौलागाँईले बताए । सबै विकासिय योजनाहरुलाई उत्तिकै प्राथमिकतामा राख्दै स्थानीय सरकार गठनपश्चात गाउँमा सडक पुर्याउने योजनालाई प्राथमिकतामा राखेको अध्यक्ष चौलागाँईले बताए । उनले भने ‘पालिकाका सबै वडा र बस्ती–बस्तीमा आफ्नै पालामा सडक सञ्जाललाई जोड्छु, जनतालाई सहजता बनाउँछु ।’

खेतियोग्य जमिन सडकले नास गर्दा पनि खुसि छौँ

गाउँपालिकाको वडा नं. २ मा गाडी पुग्दा गाडी हेर्नेको घुइँचो थियो । सडक निर्माण गर्दा स्थानियको खेतियोग्य जमिन मासिएकोमा पनि कुनै दुखेको नभएको स्थानियले बताएका छन् । स्थानिय भक्तिप्रसाद अधिकारीले भने ‘पहिलाको दुख सम्झीँदा आङ नै सिरीङ्ग हुन्छ, खेतीयोग्द जमिन मासिदा पनि हामी खुसि छौँ ।’ सबैले विकास निर्माणका कार्यहरुलाई बाधा नपुर्याउन पनी उनले अनुरोध गरेका छन् । चट्टानलाई थिचोल्दै शुभकालिका गाउँपालिका वडा नं. २ सम्म सडक सञ्जालले छोएको छ ।

कर्णाली राजमार्गको सेरीघाटदेखि भर्तागाडसम्म करिब १४ किलोमिटर सडक निर्माणको काम सम्पन्न भएको छ । पालिकाका अन्य वडाहरुमा सडक सञ्जाल जोड्न पालिकाले विभिन्न क्षेत्रहरुबाट सडक निर्माणको कार्य तिव्र गतिले थालेको छ । आइतवार एक कार्यक्रमको आयोजना गरी शुभकालिका गाउँपालिकाले गाडी तथा मोटरसाइकल वडा नं.२ मा पुर्याएको छ । सडक सञ्जालले छोएसँगै पालिकाले आफ्नै गाडीसमेत खरिद गरेको छ । गाडी उद्घाटन कार्यक्रमका अतिथिहरुले विकास निर्माणका कार्यहरुमा सबैले साथ दिएपछि कुनै पनी विकास गर्न असम्भव नभएको बताएका छन् ।

प्रतिक्रिया