अर्थबजार

गुडविल फाइनान्सले लाभांश दिने

सौर्य अनलाइन २०७६ पुष २९ गते १९:०४ मा प्रकाशित

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशतको लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७५–७६ को नाफाबाट लाभांश वितरण गर्न लागेको हो । मंगलबार राजधानीमा आयोजित २५ औं साधारणसभाले उक्त लाभांश पारित गरेको हो । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजाराम जोशीले गत वर्षको तुलनामा कम्पनीले २७ प्रतिशतले निक्षप वृद्धि र २६ प्रतिशतले कर्जा वृद्धि गर्न सफल भएको जानकारी दिए ।

हाल कम्पनीको निक्षप छ अर्ब ८९ करोड ५६ लाख १३ हजार ७११ रुपैयाँ ८६ पैसा र कर्जातर्फ ५ अर्ब ९० करोड ३१ लाख २२ हजार ८ सय २४ रुपैयाँ ५८ पैसा पुगेको छ । यसै अवसरमा अध्यक्ष जोशीले निकट भविष्यमा नै कम्पनीले २५ करोड बराबरको २ लाख ५० हजार कित्ताको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिभेन्चर २०८३ निस्कासन गर्ने जानकारी दिएका छन् । साथै २५ औं साधारणसभाले संस्थाको आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय