नेपाल बिल्डटेक एक्स्पो २०२० हुने

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, निर्माण व्यवसाय विकास परिषद् र इन्नो रेग इन्डियाको संयुक्त आयोजनामा माघ ३ गतेदेखि ५ गतेसम्म नेपाल बिल्डटेक एक्स्पो २०२० आयोजना हुने भएको हो । महासंघले मंगलबार पत्रकार सम्मलेनको आयोजना गर्दै माघ ३,४ र ५ गते एक्स्पो हुने बताएको हो । महासंघकोृ २१औँ वार्षिक साधारणसभालाई लक्षित गरी एक्स्पो आयोजना हुने भएको छ । माघ ३ र ४ गते हुने महासंघको साधारणसभा रहेको छ ।

भक्तपुरको सल्लाघारी मैदानमा हुने साधारण सभामा देशभरका १५ सय भन्दा बढी व्यवसायीहरूको सहभागिता रहने पत्रकार सम्मलेनमार्फत बताइएको छ । महासंघका महासचिव रोशन दाहालले विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र उपकरणबारे अवगत बनाउन उपयुक्त मञ्च बन्ने विश्वास लिइएको बताए ।

उनले निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचरसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरू ७० हजार स्क्वायर फिट क्षेत्रफलमा एक्स्पो सञ्चालन गरिने बताए । ३ दिनसम्म चल्ने उक्त एक्स्पोमा ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन हुनेछ ।

प्रतिक्रिया