महिला लघुवित्तको दोस्रो साधारणसभा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल राष्ट्र बैकबाट ‘घ’ वर्गको इजाजत पाएको उक्त संस्थाले विगत लामाे समयदेखि वित्तीय क्षेत्रमा काम गर्दै आएको छ ।

शुक्रबार सम्पन्न साधारणसभामा संस्थाकी संस्थापक एवं प्रतिनिधिसभा सदस्य तुल्सी थापाले सानो क्षेत्रबाट माथि उठेको संस्थाले आगामी दिनमा अझै धेरै प्रगति गर्नुपर्ने बताइन् । उनले भनिन् ‘सुरुका दिनमा महिलालाई साक्षरता गराउन महिला अधिकार तथा विकास केन्द्र नामक संस्था खोलिएको थियो । त्यस क्रममा महिलाहरूले आर्थिक रूपमा आफूहरूलाई बलियो बनाउन आग्रह गरे पनि वित्तीय क्षेत्रमा काम गरेको हो ।’

सुरुका दिनमा संस्था चलाउन निकै कठिन रहेको उल्लेख गर्दै सांसद थापाले भनिन्, ‘सानो पुँजी जम्मा गर्न पनि कठिन थियो आज राष्ट्र बैंकबाट अनुमति लिएर हजारौँ महिलालाई आर्थिक क्षेत्रमा सक्षम बनाउन सकिएको छ । यहाँसम्म आउन धेरैको लगानी छ र यसलाई टिकाउन सबै क्षेत्र इमान्दार भएर अघि बढनु पर्छ ।’ लघुवित्तहरूलाई जर्मरमा जान राष्ट्र बैंकले निर्देशन दिए पनि नयाँ भित्र भित्र नयाँ नयाँ लघुवित्त खुल्नेक्रममा रहेको भन्दै उनले यसबारे राष्ट्र बैंकले विचार गर्नुपर्ने बताइन् ।

सो अवसरमा साधारणसभालाई शुभकामना दिँदै सांसदजुली महतोले आउने दिनमो संस्थाले अझै प्रतिग गर्नेमा आफू ढुक्क रहेको बताइन् । ०५० सालमा स्थापना भएको महिला अधिकार तथा विकास केन्द्रको पहलमा सञ्चाल गरिएको उक्त लघुवित्त संस्थाका हाल २९ जिल्लामा ५० बन्दा बढी शाखा रहेका छन् ।

०५८ सालमा राष्ट्र बैंकबाट अनुमतिपत्र पाएको संस्थामा ४० हजार भन्दा बढी विपन्न परिवारका महिलालाई सेवा प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष तारा कुँवरले बताइन् । सभामा संस्थाको वर्षिक प्रतिवेदन समेत पेस गर्दै अध्यक्ष कुँवरले संस्था एक अर्बभन्दा माथि कारोबार गर्ने अवस्थामा पुगेको उल्लेख गरिन । अध्यक्ष कुँवरले संस्थाले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै लघुउद्यमशीलता विकासका लागि विभिन्न तालिमसमेत दिँदै आएको बताइन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले संस्थाको अवस्था र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया