संस्कृति सर्वमान्य छन्ः मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा मनाइने हरेक संस्कृति नेपालीका लागि सर्वमान्य भएको बताएका छन् ।

उधौली पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले साकेला पर्वसमेत भनिने उधौलीमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदाय तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

उक्त सन्देशमा मुख्यमन्त्री पौडेलले विभिन्न जातजातिको साझा फूलबारीको रूपमा रहेको हाम्रो देशमा रहिआएको विगतदेखिको एकाअर्काबीचको सहिष्णुता र सद्भावकै कारण सबै जातजातिका संस्कृति सर्वस्वीकार्य भएको उल्लेख गरेका छन् ।

‘चिसो मौसम सुरु भएपछि बेसी अर्थात् तल झर्नुपर्ने प्रक्रिया सुरु गरिने दिनको रूपमा तथा मानिस मात्र नभएर जनावर, चराचुरुंगीसमेत चिसो छल्न लेकतिरबाट बेंसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न एवं अन्नबाली भित्र्याइएको खुसियालीमा मनाइने भएकोले यो नेपाली किसानको खुसी साट्ने पर्व पनि हो’, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया