खोजखबर

बागमती गाउँपालिकामा एकीकृत घुम्ति शिबिर

सौर्य अनलाइन २०७६ मंसिर २७ गते १९:०४ मा प्रकाशित

ललितपु । बागमती गाउँपालिकाले एक हप्ते एकीकृत घुम्ति शिबिर सञ्चालन गररिहेको छ । मङ्सिर २२ गतेदेखि शुरु भएको घुम्ति शिबिर मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ ।  गाउँपालिकाले २२ गते वडा नं. ७ गिम्दी, २३ गते वडा नं.६ आश्राङ, २४ गते वडा नं. ४ प्यूटार, २५ गते  वडा नं. २ माल्टा, २६ गते वडा नंं ३ भट्टेडाँडाँमा घुम्ति शिबिर सम्पन्न भएको बागमती गाउँपालिकाले जनाएको छ । त्यस्तै २७ गते वडा नं. ५ इकुडोल र २८ गते वडा नं. १ घुसेलमा पुगेर घुम्ति शिबिर सम्पन्न गरिने बागमति गाउँपालिकाका अध्यक्ष बीरबहादुर लोप्चनले जानकारी दिए ।

घुम्ति शिबिरमा चालु आर्थिक वर्षमा सञ्चालन हुने गाउँपालिकाका योजना उपभोक्ता समितिसँग सम्झौता गरेको छ । त्यस्तै घुम्ति शिबिरमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंक खाता खोलिएको, पशु सेवा परामर्श प्रदान गरिएको, पशुको पशु बीमाको रकम वितरण गरिएको अध्यक्ष लोप्चनले बताए । उनका अनुसार स्वास्थ्य शिबिरमा  स्थानीयको सुगर, प्रेसर परीक्षण गरिएको र महिलाको पाठेघरको मुखको क्यान्सको  परीक्षण गरिएको छ ।

प्यूटारका १०३ वर्षिय ज्येष्ठ नागरिकलाई घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैक खाता खोलिएको छ । घुम्ति शिबिरमा सम्बोधन गर्दै अध्यक्ष लोप्चनले गाउँपालिकाले स्थानीयलाई नजिकबाट सेवा प्रदान गर्नका लागि घुम्ति शिबिर सञ्चालन गरिएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले घुम्ति शिबिरले कतिपय स्थानीय सेवाग्राही घरैमा पुगेर सेवा प्रवाह गरिएको बताउँदै आगामी दिनमा शिबिर झनै प्रभावकारी  बनाइने बताए ।

गाउँपालिकाका उपाध्यक्ष रञ्जना घिमिरेले एक हप्ते घुम्ति शिबिरले जनप्रतिनिधिलाई स्थानीयको समस्या  सुनुवाइ गर्ने मौका प्रदान गरिएका भन्दै समस्याको समाधान गर्ने गरी शिबिर सञ्चालन भएको दाबी गरिन ।  घुम्ति शिबिर जुन वडामा सञ्चालन गरियो सोही वडाका वडाध्यक्षको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । स्थानीय तहले भने यस्ता घुम्ति शिबिर समय समयमा सञ्चालन गरिरहनुपर्ने सुझाव दिएका थिए । शिबिर गाउँपालिकाका आइटी अफिसर मिलन शर्मा घिमिरेको संयोजकत्वमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय