टाटा मोटर्सको थ्रिएस वर्कसप हेटौँडामा

काठमाडाैं ।  नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले हेटौँडाको बसामाडीमा थ्रिएस वर्कसप सञ्चालनमा ल्याएको छ । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष  सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा सो वर्कसपको उद्घाटन गरे । उक्त समुद्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररूप मैत्रा, सिप्रदी कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसञ्चालन अधिकृत राजेशप्रसाद गिरी, सिप्रदी कम्पनिजका उपाध्यक्ष सौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारीहरू र ग्राहकहरूको पनि उपस्थिति थियो ।

उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर सञ्जाल थप विस्तार गरिएको प्रति खुसी व्यक्त गरे । सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले निरन्तर सहयोगका लागि ग्राहकहरू, कर्मचारीहरू तथा टाटा मोटर्स लिमिटेडप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया