आईएमई लाइफको साधारण सभा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा (एजीएम) सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा बुधबार काठमाडौंको चन्द्रागिरी हिल्स लिमिटेडमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष ०७४÷७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।

साथै, उक्त सभाले आर्थिक वर्ष ०७५÷७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्ति गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सभामा बोल्दै अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतना र बीमाको पहुँच न्यून भन्दा न्यून आय स्रोत भएका जनमानसमा समेत पुर्याउन कम्पनी कटिबद्ध रहेको प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया