एमजीको इलेक्ट्रिक गाडीको माग बढ्यो

काठमाडौं । वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) को युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । साईक मोटर्सले एमजी जेडएस इभीका लागि युरोपबाट ३००० अर्डर प्राप्त गरेको छ ।

५०० थान एमजी जेडएस यही महिनामा नेदरल्याण्ड र नर्वेमा निर्यता गरिनेछ । यो गाडीले युके, नेदरल्याण्ड र नर्वेमा सार्वजनिक भएदेखिनै सकरात्मक प्रतिक्रिया प्राप्त गर्याे र ३ वटा देशबाट ३००० भन्दा बढि अर्डरहरु प्राप्त गरिसकेको छ । त्यस्तै नेपालबाट पनि यो गाडीले निकै उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।

पारामाउन्ट मोटर्स नेपालका लागि एमजी गाडीको अधिकृत आयातक र वितरकले गत जुलाई महिनामा नयाँ इलेक्ट्रिक एसयूभी एमजी जेडएसका लागि शुरुवाती मुल्य ४९,९९,००० रुपैयाँमा प्रिबुकिङग खुलाएको थियो । अहिलेसम्म कम्पनीले एमजी जेडएस इभीका लागि १५० थान भन्दा बढि बुकिङग प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया