अपडेटः बागलुङ जीप दुर्घटनामा परेका सबैको सनाखत

काठमाडौँ । मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरुको सनाखत भएको छ । उक्त घटनामा १४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । त्यस्तै दुर्घटनामा एकजना अझै बेपत्ता भएका छन् । कुल पुजाको लगि गुल्मीबाट हिँडेको जीप बागलुङमा दुर्घटनाग्रस्त भएको हो ।

सो दुर्घटनामा मृत्यु हुनेहरुमा अन्दाजी २६ वर्षीया सुचना कार्की, अन्दाजी ६५ वर्षीय धनबहादुर कार्की, अन्दाजी ४० वषीृया बसुन्धरा कार्की, त्यसैगरी इस्मा गाउँपालिका– ३ की अन्दाजी २३ वर्षीया माया थापा, नवलपरासी बर्दघाट बस्ने अन्दाजी ६० वर्षीया भुमा कार्की, बाडिगाड गाउँपालिका– ५ बस्ने अन्दाजी वर्ष २५ वर्षीया लक्ष्मी केसी, इस्मा गाउँपालिका–४ की अन्दाजी ४० वर्षीया सीता कार्की, इस्मा गाउँपालिका– ४ की अन्दाजी १० वर्षीया अनुस्का कार्की,  इस्मा– ४ वस्ने अन्दाजी ६५ वर्षीय झवि कार्की, इस्मा– ४ बस्ने अन्दाजी ४० वर्षीय महेन्द्र कार्की, अन्दाजी ४५ वर्षीय भूमि कार्की, अन्दाजी २५ वर्षीया मीना बस्नेत, अन्दाजी ३० वर्षीया तुलसी कार्की, अन्दाजी ६५ वर्षीय धनबहादुर कार्की रहेका छन् ।

त्यस्तै घाइते हुनेहरुमा इस्मा गाउँपालिका– ५ का २५ वर्षीय रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै बेपत्ता छन् ।

प्रतिक्रिया