प्युठानमा शान्तिपूर्ण रुपमा मतदान शुरु

प्युठान । देशभर उप निर्वाचन भईहदा प्युठान जिल्लाका ६ मतदान स्थलका लागी १२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको छ । जिल्लामा ३ वटा वडा अध्यक्षका लागि २ स्थानिय तहमा निर्वाचन हुन लागेको हो मुख्यत निर्वाचन अधिकृतको कार्यालय प्युठानले जानकारी दिएको छ । ऐरावती गाउँपालिका वडा नम्वर १ दाङवाङ, २ वरौला र प्यूठान नगरपालिका वडा नम्वर २ दाखाक्वाडीमा निर्वाचन हुन लागेको हो । ३ वडावाट ८ हजार ३ सय ४६ मतदाताले ७ जना उम्मेद्वारका छान्नको लागि मतदान गर्दैछन्।

ऐरावती गाउँपालिका १ मा २ हजार ५ सय ४५ र सोही गाउँपालिका वडा नम्बर २ मा २ हजार ७ सय ८० गरी कुल ५ हजार ३ सय २५ ऐरावतीको दुई वडामा मतदाता रहेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी गराएका छन । ऐरावती १ मा वालशिक्षा प्रा वि का २ केन्द्रवाट ११ सय ४५, दाङवाङ माविवाट ८९६ र दाङवाङ प्रा वि मतदान केन्द्रवाट ५०४ मतदाताले मतदान सहभागी हुने छन ।


ऐरावती गाउँपालिका २ को मोति मावि मतदान स्थलका, २ केन्द्र रहेकोमा १ हजार २ दुई सय मतदान रहेका छन । जसमध्ये जनकल्याण प्राविमा ७ सय ८७ र रत्नेश्वरी प्रावि केन्द्रवाट ७ सय ९३ जना मतदाताले मतदानमा भाग लिने छन । प्युठान नगरपालीका २ मा वडहरपाटा मतदान स्थलका २ केन्द्रवाट १ हजार ८ सय ५० र जानकि मा वि का २ केन्द्रवाट १ हजार १ सय ७१ मतदाताले मतदानमा सहभागी हुनेछन ।

प्रतिक्रिया