काश्मिरमा ‘इजरायली’ मोडलको कुरा ! के हो यो मोडल ?

एजेन्सी । यतिखेर अमेरिकामा रहेका एक भारतीय राजनीतिज्ञले भनेको कुराले पाकिस्तानलाई पुन ः एकपटक भारत सरकारलाई तारो बनाउने अवसर दिएको छ । न्युयोर्कस्थित महावाणिज्यदूत सन्दीप चक्रवर्तिले एक निजी कार्यक्रममा काश्मिरी पण्डितहरूलाई काश्मिर फर्काउन ‘इजरायली मोडल’ अपनाउन सकिने बताएका थिए । यो कार्यक्रममा भारतका ख्यातिप्राप्त केही फिल्मी कलाकारहरू सहभागी थिए । यो कार्यक्रममका अमेरिकामा रहँदै आएका केही काश्मिरी पण्डितहरू पनि सहभागी थिए । संन्ीप चक्रवर्तीको यो भनाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि यसका विषयमा आफ्नो प्रतिक्रिया दिइसकेका छन् । उनले ट्विटरमा लेखेका छन् ‘भारतमा आइएसएसको विचारधाराबाट प्रभावित सरकारको फासिवादी मानसिकता देखिइरहेको छ । काश्मिरीहरूको मानवअधिकार कुल्चिँदै गइरहेको छ । तर, संसारको शक्तिशाली देश यसलाई अनदेखा गरिरहेको छ ।’  सन्दीप चक्रवर्तीले काश्मिरी पण्डितलाई घरफिर्ता गर्न अपनाउने भनेको ‘इजरायली मोडल’ के हो र इजरायल यसका कति सफल भएको थियो ? भन्ने जानकारी लिऔँ ।

युद्धपछि इजराइजको पुनर्वास नीति ?
सन् १९६९ को मध्यमा भएको युद्धमा इजरायलले जति भूमि कब्जा गर्दै गयो त्यसमा यहुदीहरूलाई बसाउँदै गयो । यी क्षेत्रमा वेस्ट बैंक, पूर्वी जेरुसेलम र गोलानको पहाडी क्षेत्रलगायत थिए । यो युद्ध हुनुभन्दा पहिले वेस्ट बैंक र पूर्वी जेरुसेलममा जोर्डनको कब्जा थियो । जसलाई जोर्डनले १९४८–४९ को अरब–इजराइजलको युद्धका क्रममा कब्जामा लिएको थियो ।

इजरायलका ‘सेटलमेन्ट वाचडग पिस नाउ’ काअनुसार यो क्षेत्रमा अहिले पनि १३२ बस्तीहरू र ११३ अनाधिकृत बस्तीहरू छन् । यो रिपोर्टका अनुसार यो क्षेत्रमा अहिले चार लाखभन्दा बढी मानिसहरू बस्दछन् । यो लगातार बढिरहेको छ । यसबाहेक इजरायलले गाँजापट्टीमा पनि कयौँ यस्ता बस्ती बसाएको छ । जसलाई इजरायलले १९६९ को युद्धमा मिश्रबाट खोसेको थियो ।

इजरायलको तेलहविवमा बस्ने वरिष्ठ पत्रकार हरेन्द्र मिश्र भन्छन्, इजरायलले अरब मुलुकसँग ६ दिनसम्म भीषण युद्ध लड्यो, सो युद्धका क्रममा उसले ठूलो क्षेत्रलाई आफ्नो कब्जामा पा¥यो । यी क्षेत्र पूरै खाली थिए । यहाँ कुनै बस्ती थिएन । जो त्यहाँ बस्दथे उनीहरू युद्धका कारण त्यहाँबाट पलायन भइसकेका थिए ।

हरेन्द्र मिश्र भन्छन् ‘यो युद्धपछि इजरायलले ग्रिनलाइनदेखि बाहिरको जमिन कब्जा ग¥यो । ग्रिन लाइन त्यो भाग थियो जसलाई अन्तर्राष्ट्रिय जगले मान्यता दिइरहेको थियो, त्यो स्थान अब इजरायली क्षेत्र भयो । ग्रिनलाइनदेखि बाहिरका स्थान इजरायलका लागि खतरा हुन सक्थे र इजरायलले यसलाई खाली छाड्न सक्दैनथ्यो ।’

‘त्यही समय इजरायलका सबै नेताहरूले सर्वसम्मतीले ती सबै खाली भूभागमा बस्ती बसाउने निर्णय गरे जहाँ उनीहरूले हालै मात्र कब्जा गरेका थिए । त्यो समय इजरायलको यो राष्ट्रिय नीति बनेको थियो । जुनसुकै पार्टी वा विचारधाराको भए पनि ती स्थानमा बस्ती बसाउने कुरामा सबै एकमत थिए ।’ यी बस्तीमा बस्न धेरै मानिस आउन भनेर इजलायलले ती बस्तीका लागि धेरै किसिमको छुट दियो । त्यबाहेक केही अन्य सुविधा पनि थपेका थिए । जब इजरायलमा यो बस्ती बसाइँदै थियो र त्यहाँ बस्नका लागि प्रोत्साहित गरिँदै थियो, मानिसको भावनामा यस्तो सन्देश दिइएको थियो कि ‘त्यहाँ बस्नु भनेको एउटा राष्ट्रिय हितमा काम गर्नु हो ।’

हरेन्द्र बताउँछन् ‘मानिसलाई यो विश्वास दिलाइयो कि यहाँ यदी उनीहरूले वेस्ट बैंक वा गाजाँपट्टीमा गएर बसोवास गरे भने राष्ट्रको हित हुनेछ । यसबाट यी पूरै क्षेत्रमा इजरायलले सुरक्षाका दृष्टिले आफ्नो बलियो उपस्थिति जनायो । मानिस बस्न थालेपछि सुरक्षा पोस्ट पनि बाक्लो बनाइयो ।’
एक समय इजरायलका सबै राजनीतिक दलको यस विषयमा मतैक्यता भए पनि अहिले परिस्थिति फेरिएको छ । त्यतिखेर बस्ती बसाउन एकमत देखिएका कतिपय दल अहिले विरोधमा छन् । खासगरी वामपन्थी पार्टीले सरकारले यो क्षेत्रमा धेरै धन खर्च गरेको भन्दै विरोध गर्दछन् । यो बस्तीहरूमा आधारित २०१० मा प्रकाशित एउटा रिपोर्टअनुसार वेस्ट बैंकको पूरै क्षेत्रमध्ये दुई प्रतिशत क्षेत्रमा मात्र बस्ती बस्न सकेको छ । आलोचकहरूका अनुसार बस्तीहरू बस्नुभन्दा धेरै यहाँ खेती र सडक निर्माणका काम भएका छन् । यसकारण यो पुरै क्षेत्रको सुरक्षाका लागि धेरै मात्रामा सुरक्षा बलको आवश्यकता पर्दछ ।

यहाँसम्म की अन्तर्राष्ट्रिय समुदायले पनि आवाज उठाएका छन् । जसमा यी बस्तीहरूलाई गैरकानुनी भनिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हालै एक वक्तव्यमा यी बस्तीहरू अन्तर्राष्ट्रिय नियमअनुसार नभएको बताएका छन् । यति मात्र होइन ट्रम्पले त जेरुसेलमलाई इजरायलको राजधानीसमेत घोषणा गरेका थिए । जबकी पूर्वी जेरुसेलममा अहिले पनि अरब बहुल क्षेत्र रहेको छ ।

यहुदीलाई राख्न बस्ती बसाइएको थियो ?
काश्मिरमा काश्मिरी पण्डितलाई बसाउन इजरायली नीतिको अनुशरणको कुरा उठ्दा इजरायलले पनि सुरुमा यहाँ यहुदी बस्ती बसाउने भनी सुरु गरेको थियो । यस विषयमा हरेन्द्र मिश्र भन्छन् ‘वेस्ट बैंक, गोलानका पहाडी भूभाग र गाजापट्टी पूरै खाली थिए । यसकारण यहाँ नयाँ मानिस नै बस्ने थिए र ती नयाँ भनेका यहुदी नै हुन सक्थे । यसका साथै दक्षिणपन्थी विचार राख्नेहरूलाई यहाँ राख्ने काम भयो । त्यसै कारण यहाँ दक्षिणपन्थी विचारधारावालाको वर्चश्व छ । संसारको कुनै पनि देशमा रहेका यहुदीलाई इजरायलमा आएर बस्ने अधिकार प्राप्त छ । यसैकारण संसारभरिबाट कतिपय यहुदीहरू आएर इजरायलमा बस्ने गर्दछन् । हरेन्द्र भन्छन् ‘भारतका उत्तरपूर्वमा बस्ने यहुदी पनि इजरायलको यो क्षेत्रमा आएर बस्न थालेका छन् । बाहिरबाट आउने यी यहुदीका विषयमा इजरायली संसद्मा पटक–पटक कुरा पनि उठने गरेको छ, के यी यहुदीलाई कुनै विशेष योजनाअन्तर्गत यी बस्तीमा राख्नि लागिएको हो ?’

यो नीति सफल भयो की असफल ?
इजरायलमा यस्तो बस्ती बसाउने नीति कति सफल भयो कति असफल भन्ने विषयमा कयौँ प्रश्न छन् । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले २०१६ मा यी बस्तीलाई कुनै कानुनी मान्यता दिएको थिएन ।  यो नीतिको सफलताका विषयमा मिश्र भन्छन् ‘सुरक्षाको दृष्टिकोणले इजरायल यसका सफल रहेको देखिन्छ । किनभने यो क्षेत्रबाट इजरायललाई कुनै खतरा वा आक्रमणको चिन्ता छैन । यही उदेश्यले उसले यी बस्ती बसाएको पनि हो ।’ यसको असफलताबा विषयमा भने मिश्र भन्छन् –‘एउटा उदाहरण गाँजाको छ जहाँ आठ हजार यहुदी मात्र बस्न गए । जबकि, यसको निकै ठूलो क्षेत्र इजरायलको कब्जामा थियो । यसको उल्टो गाजाँको त्यो भाग जहाँ अरब बहुल थियो त्यो अहिले पनि प्यालेस्टाइनको पक्षमा छ । यो क्षेत्रलाई संसारकै घना आवादी भएको क्षेत्र मानिन्छ । यो सानो क्षेत्रमा करिब २० लाख मानिस बस्दछन् । यहाँ धेरै शरणार्थी क्याम्प पनि छन् ।’

‘इजरायललाई यो लाग्दथ्यो की यो सानो संख्याको यहुदीहरूलाई बसाउन पनि धेरै रकम खर्च गर्नुपरिरहेको छ । यसैले, इजरायली सरकारले सन् २००५मा गाँजाको यो क्षेत्र खाली गर्ने निर्णय गरेको थियो ।’ संयुक्त राष्ट्र संघका साथै धेरै अन्तर्राष्ट्रिय समुदायले यी बस्तीलाई अवैध भनेका छन् । यसको मुख्य कारण १९४९ मा भएको जेनेभा सन्धि हो । जसमा कब्जा गरिएको जमिनमा सत्ताधारीले आफ्नो मानिस स्थापित गर्न नपाइने भनिएको छ । जबकि, इजरायलले यो सन्धि आफूहरूका विषयमा लागु नहुने बताउँदै आएको छ, किनभने वेस्ट बैंकमाथि उसले प्राविधिकरूपमा कब्जा गरेको छैन ।

प्रतिक्रिया