सिटिजन्स बैंक र चिरायु हस्पिटलबीच सहकार्य

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रालिबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रालिमा उपचार गराउँदा तथा अन्य सेवालिंदा विशेष छुट पाउँनेछन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८५ वटा शाखा, ८२ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया