कांग्रेसका वडाध्यक्ष नेकपामा प्रवेश

बैतडी । वि.सं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए । उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए ।

चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुँवर, सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, परमानन्द भट्टलगायतले आ–आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया