खोजखबर

बर्दियाबाट बिप्लव समूहका दुई कार्यकर्ता पक्राउ

सौर्य अनलाइन २०७६ मंसिर ८ गते १६:१२ मा प्रकाशित

गुलरिया । नेत्रविक्रम बिप्लव नेतृत्वको समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका–४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका–३ भगराचोक र सिजी प्रालिको मूलढोकामा गए राति प्रचार सामग्री टाँस्दै गर्दा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय