स्याफ्रुबेँसीमा एनआइसीको शाखा

काठमाडौं । एनआइसी एसिया बैंकले रसुवाको स्याफ्रुबेँसीमा नयाँ शाखा कार्यालयको शुक्रबार औपचारिक उद्घाटन गरेको छ । रसुवा जिल्ला, गोसाईंकुन्ड गाउँपालिका–५ स्याफ्रुबेँसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले एक समारोहका बीच उद्घाटन गरे । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहक महानुभावहरूलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरू, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

प्रतिक्रिया