खोजखबर

शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न हुँदैनः गृहमन्त्री थापा

सौर्य अनलाइन २०७६ मंसिर ७ गते १६:१६ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न हामी पछि पर्न नहुने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध एकता सम्मेलनको आज उद्घाटन गर्दै उहाँले आफ्नो देश र जनताको सुख शान्तिका निम्ति मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले द्वन्द्व र युद्धको विभिषिकाबाट जोगाउने बुद्ध मन्त्रप्रति सबैले आत्मबोध गरी बौद्ध शिक्षालाई आत्मसात गरेमात्र वास्तविक शान्ति र आत्मसन्तुष्टि प्राप्त हुने बताए । उनले समाज सुधार, एकता र विश्व शान्तिका निम्ति बुद्ध वाणी प्रेरक रहेको बताए ।

दुईदिने उक्त सम्मेलनमा आयोजक समितिका संयोजक वसुन्धरा श्रेष्ठले बर्सेनी बौद्ध एकता सम्मेलन आयोजना गरिने जानकारी दिए । सम्मेलनमा श्रीलङ्काबाट १५, थाइल्यान्डबाट २०, चीनबाट १२ र भारतबाट ४० गरी ८५ जना विदेशी र ५० जना स्वदेशी भिक्षुभिक्षुणी सहभागी छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय