नम्बरमा वान प्रियंका

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका हालै फिल्म द स्काई इज पिंकमा देपखएकी थिइन् । यस फिल्म मार्फत देसी गर्ल प्रियंकाले बलिउडमा धमकेदार इन्ट्री गरेकी थिइन् । फिल्मलाई समीक्षकले निकै तारिफ समेत गरेका थिए । तर, आम दर्शकले फिल्मलाई त्यति रुचाएनन् ।

भलै दर्शकले यस फिल्मलाई ज्यादै नरुचाए पनि प्रियंकालाई फ्यानकै कारण नयाँ उपलब्धि हासिल भएको छ । एक रिसेन्ट सर्वेका अनुसार प्रियंकालाई दुनियाँभर रहेका उनका फ्यानहरुले निकै मन पराएका छन् । २०१८ को अक्टोबरदेखि अक्टोबर २०१९ को बीचमा फयानहरुको निम्ति गज्जबको प्रभाव छाडेकी छिन् । यसैकारण प्रियंकालाई (इन्टरनेटमा) २०१९ मा २ दशमलव ७४ मिलियन पटक सर्च गरिएको छ ।

यस लिस्टमा प्रियंकाका अलावा अर्की बलिउड सुन्दरी दीपिका पादुकोण दोस्रो र सन्नी लियोनी तेस्रो नम्बरमा परेकी छिन् । सर्वेअनुसार सलमान खानलाई अक्टोबर २०१९मा १ दशमलव ८३ मिलियन पटक सर्च गरिएको छ । यस लिस्टमा शाहरुख खान दोस्रो र अमरीश पुरी तेस्रो नम्बरमा परेका छन् ।

प्रतिक्रिया