लिपुलेक-कालापानी बिषयमा भारतकाे बिरोध गर्दै मनोज र पूर्णकला

काठमाडौँ । गायक तथा सर्जक मनोज सिंह धामी र लोक गायिका पूर्णकला बिसीले भारतले दादागिरी गर्दै लिपुलेक-कालापानी सीमाना मिचेको बिषयमा त्यसबिरुद्ध देश भक्ती गीत ल्याएका छन् ।

सर्जक धामीकै शब्द तथा संगीत रहेको देश भक्ती ‘हाम्रै हो लिपुलेक, हाम्रै हो कालापानी’ नाम रहेको गीतमा गायिका बिसी र धामीको समधुर आवाजमा सजाइएको छ । मलाश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई बिनोद बाजुरालिले संगीत संयोजन गरेका छन् ।

नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा समावेश गरी भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि अहिले देशभर त्यसको विरोध भइरहेको छ । त्यसैको सन्धर्वमा बिरोध स्वरुप देश भक्ती गीत ल्याएको गायिका पूर्णकला बिसीले बताइन् । गीतको भिडियो युट्युबमा सार्वजनिक गरीसँगै चर्चामा पाएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य रहेकी गायिका बिसी यहि मङ्सिर ८ गते पोखरामा सम्पन्न हुने ७औँ महाधिवेशनमा केन्द्रीय महिला सचिव पदको उमेदवारी दाबी गरेकी छन् । त्यस्तै गायक धामी पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दार्चुलाको जिल्ला अध्यक्ष हुन् ।

प्रतिक्रिया