आइडियाले मनायो १६औं वार्षिकोत्सव

काठमाडौं । इन्टेरियर डिजाइनर एसोशियसन अफ नेपाल (आइडिया नेपाल)ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । इन्टेरियर डिजाइनरहरूको पेशागत हक अधिकारको रक्षा र सम्बर्धनको लागि भन्दै २०६० सालमा स्थापना भएको आइडियाले १६औं वर्ष पूरा गर्न सफल भएको छ ।

आइडियाले आइतबार काठमाडौंस्थित कालोपुलको वेष्ट भेन्यूमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजीश्रेष्ठले नेपालमा इन्टेरियरको ठूलो जमात देख्दा निकै खुसी लागेको बताए । अध्यक्ष श्रेष्ठले नेपालमा इन्टेरियर डिजाइनरहरू व्यवसायिक रुपमा अगाडी आएकोमा बधाई पनि दिए ।

सहज रोजगारीको लागि इन्टेरियर डिजाइनिङ उपयोगी विषय भएकाले युवा पुस्ताको आकर्षण बढ्दै गएको र नेपालमा यो विषयको अध्यापनका लागि पहल गर्न नेपाल सरकारलाई आग्रह समेत गरे । आइडिया नेपालकी अध्यक्ष विन्द्रा कक्षपति प्रधानले नेपालमा इन्टेरियर डिजाइनरहरूको समुचित विकास र प्रवद्र्धनका लागि पहल गरेको बताइन् । इन्टेरियर डिजाइनिङ पेशाको महत्व र प्रभाववारे जानकारी गराउँदै उनले हरेक व्यक्ति, घर, समाज अनि राज्यले पेशाको प्रभावकारितालाई बुझिदिन आग्रह गरिन ।

प्रतिक्रिया