पाथिभरा जबको सम्पर्क कार्यालय धरानमा

धरान । पाथिभरा जब लिंक प्रालिले आफनो कार्यक्षेत्र विस्तार गर्ने क्रममा सुनसरीको धरानबाट पनि सम्पर्क कार्यालय स्थापना गरेको छ । जब लिंकले सोमबार धरानमा एक कार्यक्रमका बिच उक्त कार्यालयको सभारम्भ गरेको हो । इटहरीमा मुख्य कार्यालय रहेको प्रालिे सेवा विस्तार गर्ने क्रममा धरानमा कार्यालय स्थापना गरेको प्रालिका प्रबन्ध निर्देषक एवं अध्यक्ष पवन अधिकारीले बताए ।

उक्त कार्याक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष केशव घिमिरे, महासंघका उपाध्यक्ष शन्तोष काफले लगायतले बोलेका थिए । उक्त कार्यक्रममा जब लिंकका धरान प्रमुख प्रकाश लकान्द्रीले धरानमा जब लिंक खोलिएसँगै बेरोजगारी समस्या समाधानका लागि कोशेढुंगा साबित हुने बताए ।

प्रतिक्रिया