अर्थबजार

हिमस्टारको हातखाली नजाने योजना समापन

सौर्य अनलाइन २०७६ मंसिर १ गते १८:४० मा प्रकाशित

काठमाडौं । हिमस्टारको हातखाली नजाने ‘अजबको गज्जब’ योजना भब्य रुपमा सम्पन्न भएको छ । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रालिले दशैं, तिहार रछठको अवसर पारेर ‘अजबको गज्जब ’ योजना सार्वजनिक गरेको थियो, जुन भब्य रुपमा सम्पन्न भएको हो । ग्राहकको उत्साहजनक प्रतिक्रियाले , कम्पनीले आफ्नो लक्षित टार्गेट भन्दा बढी बिक्रि भएको जानकारी दिए ।

कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकहरुले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हिमस्टारका ड्राइआइरन,स्टिम आइरन ,ब्लेन्डर, मिक्स्चर, ग्राइन्दर तथा ३ वर्ष वारेन्टी सहित निशुल्क एसी जडान प्राप्त गरेका छन् । हिमस्टार ब्राण्डले नेपाली बजारमा स्तरिय होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय