महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प

 

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटोवक्र्सले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीका लागि ‘महिन्द्रा केयर फेस्ट २०१९’ आयोजना गरेको छ । विश्वव्यापी यो कार्यक्रम मंसिर २ गतेदेखि ६ गतेसम्म ५ दिनका लागि नेपाललगायत २५ विभिन्न देशमा आयोजना हुन लागेको छ, जहाँ महिन्द्रा गाडीका दक्ष प्राविधिकले गाडीको ६० जाँच गर्नेछन् ।

साथै महिन्द्रा उपभोक्ताले उनीहरुको परिवारका लागि मनोरञ्जनका साथ महिन्द्राको लागि उच्चस्तरीय सेवा प्राप्त गर्नेछन् । यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरका आफ्ना उपभोक्तालाई उनीहरुको परिवारका साथमा उनीको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्नेछन् ।

महिन्द्रा ग्लोबल केयर फेस्ट २०१९ मा निःशुल्क सर्भि्सिङ स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजमा १२५ छुट साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था पनि मिलाएको छ । यसका साथै कम्पनीले ग्राहकहरुलाई हेल्थ क्याम्पको सुविधा तथा आकर्षक उपहार पनि प्रदान गर्नेछ ।

प्रतिक्रिया