नागार्जुन मेयरकप फुटवल प्रतियोगितामा ७ ‘ए’ विजयी

काठमाडौं । नागार्जुन नगरपालिकाको प्रथम नागार्जुन मेयरकप फुटवल प्रतियोगितामा नागार्जुन नगरपालिका वडा  ७ ‘ए’ विजयी भएको छ । शनिवार सम्पन्न हसन्टारमा भएको मैत्रीपूर्ण खेलमा वडा  ६‘ए’ र ७ ‘ए’ बीच प्रतिस्पर्धा भएको थियो ।

फाइनल प्रतियोगितामा वडा नं. ७ ‘ए’ ले दुई गोल गरि विजयी भएको हो । उक्त खेलमा वडा  ६ ‘ए’ ले भने एक गोल मात्र गर्न सफल भएको थियो । युथ हसन्टार क्लबले आयोजना गरेको मेयर कप फुटवल प्रतियोगिता कात्तिक १६ गतेदेखि शुरु भएको थियो आयोजक ले जनाएको छ ।

विजयी वडा ७ को टिमलाई एक लाख पाँच हजार नगद प्रदान गरिएको छ भने द्धितिय हुने वडा ६ लाई भने ५५ हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ । विजयी टिमलाई कदरपत्र प्रदान गर्दै नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले विजयी टीमलाई बधाइ दिए ।

उनले खेलले व्यक्तिको जीवनमा अनुसशान कायम गर्ने भन्दै नगरपालिकाले खेलकदलाई उच्च प्राथमिकतामा राखेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापोकाटले खेलामा सिद्धान्तलाई व्यवहारमा उर्तान सके मानव जीवन सार्थक हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया