रोकियो चलचित्र महोत्सव

काठमाडौं । नेपाली चलचित्रको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको चलचित्र महोत्सव स्थगित भएको छ । प्रदेश १ मा हुने भनिएको उक्त महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

मुख्यमन्त्री कार्यालयका अनुसार निर्वाचन आचारसंहिताका कारण महोत्सव रोकिएको हो । प्रदेश १ को मुख्यमन्त्री कार्यालयले निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिकामा पनि लागू हुने भएकाले महोत्सव स्थगित गरिएको जनाइएको छ । धरानमा कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चलचित्र महोत्सव हुने तयारी गरिएको थियो ।

प्रतिक्रिया