कामना सेवाले थप्यो ५२ नयाँ शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १३औं वार्षिकोत्सवको अवसरमा शाखा तथा केन्द्रीय कार्यालय रहेको भवनको उद्घाटन सम्पन्न गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले वार्षिकोत्सव समारोहमा उक्त भवनको समुद्घाटन गरे । यसै गरी अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतिय माध्ययमबाट एकैसाथ औपचारिक उद्घाटन गरे । कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हाल देशमा ढुक्क भएर काम गर्ने व्यवसायिक वातवरण बनेको समेत बताए ।

बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाडौं लगायत विभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रम, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध बृद्धाहरुको निशुल्क आँखा जाँच तथा शल्यक्रियाको व्यवस्था, विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका परिवारका बालबालिकाहरुलाई स्कूल ब्याग तथा स्टेशनरी वितरण, बृक्षारोपण लगायतका कार्यहरु सम्पन्न गरेको छ ।

साथै मिति २०७६ कात्तिक २६ गते बसेको बैंक सञ्चालक समितिले आ.व. ०७५÷७६ को नाफाबाट ६ दशमलव ८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ । बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा एटिएम मार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया