कालापानीको बिषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । भारतले नेपाली भू–भाग तथा नयाँ नक्सामा कालापानी लिपुलेकलाई मिचेको विषयमा छलफल गर्न बालुवाटरमा शनिबार अपराह्नबाट सर्वदलीय बैठक सुरु भएको छ ।

उक्त बैठकमा पूर्वप्रधानमन्त्रीहरु, सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु,प्रमुख राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी छन् । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेको विषयमा चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरी भारतीय कदमको विरोध गरेका थिए ।

प्रतिक्रिया