खाली रहेको सभामुख पदमा उपसभामुख तुम्बाहाङफेको दाबेदारी

नेपालगञ्ज । प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले खाली रहेको सभामुख पदमा दाबेदारी गरेकी छन् ।

आज नेपालगञ्जमा प्रेस संगठन बाँकेले पत्रकार भेटघाट गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाङफेले दाबेदारी प्रस्तुत गरिन् ।

उनले आफुले चाहना राखेर मात्र नभइ सभामुख बन्ने वा नबन्ने अधिकार भने पार्टी निर्णयबाट हुने पनि बताइन् । उनले मंसिरको दोस्रो वा तेस्रो साता संसदको नियमित अधिवेशन डाकेर सभामुख चयन गरिने उनले जानकारी दिइन् ।

प्रतिक्रिया