युरोपा लिग युनाइटेड नकआउट चरणमा

एजेन्सी, लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । सर्बियाको पार्टिजानलाई ३–० ले हराउँदै युनाइटेडले अन्तिम ३२ मा स्थान बनाएको हो । वल्र्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउनका लागि म्यासन ग्रिनउड, एन्थोनी मार्सियल र मार्कस रासफोर्डले एक–एक गोल गरे । खेलको २१आँै मिनेटमा ग्रिनउडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

३३औँ मिनेटमा ग्रिनउडको पासमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए । पहिलो हाफमा दुई गोलको अग्रता लिएको युनाइटेडले दोस्रो हाफको चौथो मिनेटमा तेस्रो गोल ग¥यो । यस पटक रासफोर्डले गोल गरेका थिए । यो जितका कारण समूह एलबाट युनाइटेड दुई खेल अगावै नकआउट चरणमा पुगेको छ ।

यो समूहमा नेदरल्यान्डको एजेडले नकआउट चरणको बाटो सहज बनाएको छ । चौथो खेलमा एजेडले काजकिस्तानको अस्तानालाई ५–० ले हरायो । युनाइटेडले चार खेलबाट १० अंक बनाएको छ भने एजेडले आठ अंक जोडेको छ । स्लोभाकियाको स्लोभान ब्राटिस्लाभालाई १–० ले हराउँदै इंग्लिस क्लब उल्भरह्याम्टन पनि नकआउट चरण नजिक पुगेको छ ।

राउल जिमिनेजको इन्ज्युरी समयको गोल निर्णायक बन्दा उल्भ्सले स्लोभानलाई १–० ले हरायो । त्यसअघि ५१औँ मिनेटमा पाएको पेनाल्टीलाई उल्भ्सका रुबेन नेभेसले खेर फालेका थिए । समूह केमा उल्भ्सले नौ अंक बनाएको छ । यस समूहमा पोर्चुगलको स्पोर्टिङ ब्रागा शीर्ष स्थानमा छ । टर्कीको बेसिक्टासलाई ३–१ ले हराउँदै ब्रागा १० अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो ।

युरोपा लिगमा स्पेनिस क्लब सेभिया र स्पान्योलले भारी अन्तरको जित निकाल्दै नकआउट चरणमा स्थान बनाउन सफल भएका छन् । समूहको चौथो खेलमा सेभियाले एफ ९१ डुडेलांगेलाई ५–२ ले हरायो । डुडेलांगेको मैदानमा भएको खेल सेभियाका लागि मुनिरले ह्याट्रिक गरे ।

मुनास डाबरले पनि दुई गोल गरेका थिए । १७औँ मिनेटमा डाबरले गोल गर्दै सेभियालाई अग्रता दिलाए । २७औँ र ३३औँ मिनेटमा मुनिरले गोल गर्दा सेभियाले अग्रता ३–० मा लम्ब्यायो । त्यसको तीन मिनेटपछि डाबरले व्यक्तिगत दोस्रो गोल गरेपछि सेभियाले पहिलो हाफमा चार गोलको अग्रता लियो ।

६६औँ मिनटमा डाबरको पासमा मुनिरले ह्याट्रिक पूरा गरे भने सेभियाले ५–० को अग्रता थियो । पहिलो हाफमा निरिह बनेको डुडेलांगेले ६९औँ मिनेटमा खाता खोल्यो । डानेन सिनानीले गोल गरेका थिए । ८०औँ मिनेटमा सिनानीले फेरी गोल गर्दा डुडेलांगेले सेभियाको अग्रता ५–२ मा छोट्यायो । तर बाँकी समयमा गोल हुन नसक्दा सेभियाले नकआउट चरणमा स्थान सुरक्षित ग¥यो ।

चार खेलमा स्पष्ट जित हात पारेको सेभिया १२ अंक बनाउँदै अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ । स्पान्योलले बुल्गेरियाको लुडोगेरेट्सलाई ६–० को भारी अन्तरले हरायो । घरेलु मैदानमा भएको खेलमा ला लिगाको रेलिगेसन जोनमा रहेको स्पान्योलले बुल्गेरियाको शीर्ष डिभिजनको क्लबलाई खेलभरी नै दबाबमा राख्यो ।

स्पान्योलको जितमा मेलेन्डो, लुइस लोपेज, माटियास भर्गास, भिक्टर काम्पुजानो, एड्रिया पेद्रोसा र फाकुन्डो फेरेराले गोल गरेका थिए । पहिलो हाफमा नै दुई जना खेलाडीले रातो कार्ड पाएपछि दबाबमा परेको लुडोगोरेट्सको पनि नकआउट चरणमा पुग्ने सम्भावना कायम छ । लुडोगोरेट्सका राफेल फोस्टरले १२औँ मिनेटमा र गोराल्स्कीले ३४औँ मिनेटमा रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया