युभेन्टस नकआउट चरणमा

एजेन्सी, इटाली । इटालियन जाइन्ट युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए । खेलमा अग्रता युभेन्ट्सले आरोन राम्सीको गोलबाट लिएको थियो । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको फ्रि–किकको सदुपयोग गर्दै राम्सीले खेलको चौथो मिनेटमा युभेन्ट्सलाई अघि बढाएका थिए ।

१२औँ मिनेटमा पाहुना टिमका अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए । त्यसपछि पनि दुवै टोलीले गोलका केही अवसरहरू खेर फालेको थियो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा कोस्टाले गोल गर्दै युभेन्टसलाई महत्वपुर्ण ३ अंकसहित च्याम्पियन्स लिगको नकआउट चरणको यात्रामा डोहो¥याए । समूह ‘डी’ मा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्यो । मस्कोको मात्र ३ अंक छ ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड जर्मन क्लब बायर लिभरकुसेनसँग २–१ ले पराजित भएको छ । थोमसको आत्मघाती गोलबाट लिभरकुसेन खेलमा अघि बढेको थियो । ५५औँ मिनेटमा केभिन भोलान्डले गोल गर्दै लिभरकुसेनको अग्रता दोब्बर पारे । इन्ज्युुरी समयको थप गरिएको चौथो मिनेटमा अल्भरो मोराटाले गोल गरेपछि एट्लेटिकोले हार टार्न सकेन । पराजित एट्लेटिको ७ अंक जोडेर दोस्रो तथा च्याम्पियन्स लिगमा लिभरकुसेनले ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया