एन्जेलिनाको हट अवतार

न्युयोर्क । अमेरिकाको महिलासम्बन्धी चर्चित पत्रिका हार्पर्स बजार म्यागेजिनमा हलिउड अभिनेत्री एन्जेलिना जोलीको हट अवतार देखिने भएको छ । ओस्कार बिजेता जोलीले डिसेम्बरमा प्रकाशित हुने उक्त पत्रिकाका लागि बोल्ड फोटो सुट गरेकी हुन् ।

फोटोग्राफर सोल्भ सुन्ड्सबोले ४४ वर्षीया जोलीका उक्त तस्बिर खिचेका हुन् । हालै सार्वजनिक गरिएका तस्बिरमा उनी निकै बोल्ड देखिएकी छन् । केही दिनअघि अभिनेत्री जोलीको प्रमुख भूमिका रहेको चलचित्र ‘मेलिफिसेन्टः मिस्ट्रेस अफ इभिल’ विश्वभर प्रदर्शनमा आएको थियो ।

जोलीले हलिउड अभिनेता ब्राड पिटसँग सम्बन्धमा रहँदा आफूलाई अमेरिकाबाहिर बस्ने रहर भएको खुलासा गरिन् । तर अभिनेता पिटले छोराछोरी १८ वर्षको भएपछि मात्र त्यसो गर्न सुभाएको बताइन् । उनीहरुका तीन सन्तान छन् भने जोलीले अन्य ३ अनाथ बालबालिकालाई पनि सन्तानको रुपमा पालेकी छन् ।

प्रतिक्रिया