चेल्सीको उत्कृष्ट पुनरागमन

एजेन्सी, स्पेन । युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना चेक गणतन्त्रको स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ । समूह एफ अन्तर्गत भएको खेलमा बार्सिलोना घरेलु मैदानमै प्रागसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीको बाबजुत बार्सिलोना समूहको शीर्ष स्थानमा यथावत छ । चार खेल खेल्दा क्याटलन क्लबले दुई जित र दुई बराबरीबाट आठ अंक बनाएको छ । यो समूहमा जर्मन क्लब बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राती भएको खेलमा डर्टमन्डले इटालियन क्लब इन्टरमिलानलाई ३–२ गोलले हरायो ।

इन्टरमिलानले पहिलो हाफमा लिएको दुई गोलको अग्रतामाथि बोरुसिया डोर्टमन्डले दोस्रो हाफमा तीन गोल गरेको थियो । डोर्टमन्डको जितमा अच्राफ हाकिमी नायक बने । उनले दुई गोल गरेका थिए । खेलको पाँचौँ मिनेटमा लउटारो मार्टिनेजले गोल गर्दै इन्टरमिलानलाई अग्रता दिलाएका थिए । ४०औँ मिनेटमा माटियास भेसिनोले गोल गर्दै इन्टरमिलानलाई २–० को अग्रता दिलाए । इन्टरमिलान दोस्रो हाफमा ३ गोल खान पुग्यो ।

५१औँ मिनेटमा हाकिमीले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काए । ६४औँ मिनेटमा जुलियन ब्रान्डले गोल गरेपछि खेल बराबरीमा पुग्यो । ७७औँ मिनेटमा हाकिमीले ब्यक्तिगत दोस्रो गोल गरेपछि बोरुसिया डर्टमन्डले अग्रता लिए । बाँकी समयमा इन्टरमिलानले गोल थप्न नसकेपछि पराजित हुन पुग्यो । जितसँगै डोर्टमन्ड सात अंक बनाउँदै समूह एफको दोस्रो स्थानमा उक्लिएको छ ।

समूह एच अन्तर्गतको खेलमा ४–१ गोलले पछि परेको चेल्सी डच क्लब आयाक्ससँग अंक खोस्न सफल भएको छ । स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा एक घण्टा बित्दासम्म ४–१ ले पछि परेको चेल्सीले पछिल्लो आधा घण्टामा तीन गोल फर्काएपछि आयाक्स अंक बाँढ्न बाध्य भएको हो । खेलमा आयाक्सका दुई खेलाडीले रातो कार्ड पाएका थिए भने चेल्सीका दुई खेलाडीले आत्मघाती गोल गरेका थिए ।

दोस्रो मिनेटमा टोबी अब्राहमले आत्मघाती गोल गर्दा आयाक्सले अग्रता लियो । त्यसको दुई मिनेटपछि चेल्सीले पेनाल्टी पायो । जसलाई जर्जिन्होले गोलमा परिणत गरे । २०औँ मिनेटमा क्वीन्सी प्रोम्सले गोल गर्दै आयाक्सलाई अग्रता दिलाए । ३५औं मिनेटमा चेल्सीका गोलकिपर केपाले आत्मघाती गोल गर्दा गएको संस्करणको सेमिफाइनलिस्ट आयाक्सले पहिलो हाफ सकिँदा ३–१ को अग्रता लियो । ५५औँ मिनेटमा डोनी भ्यान डि बिकले गोल गर्दै आयाक्सको अग्रता ४–१ मा लम्ब्याए ।

६३औँ मिनेटमा डिफेन्डर एज्पिलिक्वेटाले गोल गर्दै आयाक्सको अग्रता ४–२ मा छोट्याए । ६८औँ मिनेटमा आयाक्सका दुई खेलाडीले रातो कार्ड पाए । डेली ब्लाइन्ड र जोल भेल्टम्यानले रातो कार्ड पाएपछि आयाक्स नौ खेलाडीमा झ¥यो । त्यसबाट पाएको पेनाल्टीलाई जर्जिन्होले मिस गरेनन् र चेल्सीले आयाक्सको अग्रता ४–३ मा घटायो । ७४औँ मिनेटमा सब्स्टिच्युट खेलाडी रिस जेम्सले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

कर्ट जुमाको हेडर बारमा लागेर फर्किएको बललाई जेम्सले पोस्टको दिशा दिए । १९ वर्षे जेम्स च्याम्पियन्स लिगमा चेल्सीका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका छन् । बराबरीसँगै समूह एच प्रतिस्पर्धात्मक बनेको छ । चेल्सी, आयाक्स र भ्यालेन्सिया तीनै क्लबको ७–७ अंक छ । फ्रेन्च क्लब लिल भने एक अंक जोड्दै पुछारमा छ । स्पेनिस क्लब भ्यालेन्सियाले लिललाई ४–१ ले हरायो ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको लिलविरुद्ध भ्यालेन्सियाले दोस्रो हाफमा चार गोल र्गयो । २५औँ मिनेटमा भिक्टर ओसिमहेनले लिललाई अग्रता दिलाएका थिए । ६६औँ मिनेटमा डानी परेजोले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काए । अन्तिम १० मिनेटमा भ्यालेन्सियाले तीन गोल थप्यो ।

८२औँ मिनेटमा अदामा सोमाओरोले आत्मघाती गोल गर्दा भ्यालेन्सियाले २–१ को अगता लियो । त्यसपछि भ्यालेन्सियाका लागि ८४औँ मिनेटमा जियोफ्री कोन्डोग्बिया र ९०औँ मिनेटमा फेर्रान टोरेसले गोल गर्दै भ्यालेन्सियालाई महत्वपूर्ण तीन अंक दिलाए ।एन्फिल्डमा भएको खेलमा एलेक्स ओक्लाड च्याम्बर्लिनको ५३औँ मिनेटको गोल निर्णयक बन्दा पहिलो हाफमा एक–एक गोलको बराबरीमा रोकिएको लिभरपुलले जित हात पारेको हो ।

जितसँगै लिभरपुलले चार खेलबाट नौ अंक बनाएको छ । १४औँ मिनेटमा जर्जिन्हो विनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । जेकका डिफेन्डर सेबास्टियन डेवास्टले जेम्स मिल्नरको बल रोक्ने क्रममा आएको रिबाउन्ड बललाई विनाल्डमले गोलमा परिणत गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ४०औँ मिनेटमा एम्बाना सामाटाले जेकका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए ।

५३ औँ मिनेटमा च्याम्बर्लिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । बाँकी समयमा थप गोल हुन नसक्दा लिभरपुलले लगातार तेस्रो जित निकाल्यो । च्याम्पियन्स लिगको पहिलो खेलमा लिभरपुल इटालीको नापोलीसँग पराजित भएको थियो, जुन यो सिजन उसको एकमात्र हार हो । जितसँगै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ भने नापोली दोस्रो स्थानमा झरेको छ । नापोलीले घरेलु मैदानमा साल्ज्बर्गसँग अंक खोसेको छ ।

११औँ मिनेटमा इर्लिङ हाल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए । ४३औँ मिनेटमा हिर्भिङ लोजानोले गोल गरेपछि नापोलीले पहिलो हाफ अघि बराबरी गर्न सफल भयो । दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि नापोली अंक खोस्न सफल भएको हो । चार खेलमा दुई जित र दुई बराबरीको नतिजा निकालेको नापोली आठ अंकसहित दोस्रो स्थानमा छ । साल्जबर्ग चार अंकसहित तेस्रो र जेन्क एक अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया