भारतको नयाँ नक्सा पाकिस्तानद्वारा अस्वीकार

बीबीसी । जम्मु कश्मीरलाई केन्द्र शासित प्रदेशमा रुपान्तरण गरेपश्चात भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई पाकिस्तानले अस्वीकार गरिदिएको छ ।

जम्मु कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० सन् २०१९ अगस्ट ५ मा निश्प्रभावि पारिएको थियो । साथै जम्मु कश्मीरलाई दुईवटा केन्द्रशासित प्रदेश जम्मु कश्मीर र लद्दाखमा टुक्र्याइएको थियो ।

यससँगै भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा एक राजनीतिक नक्सा जारी गरेको थियो । सोही नक्सा पाकिस्तानले अस्वीकार गरिदिएको हो ।

प्रतिक्रिया