माधुरी दीक्षितले मनाईन २०औं विवाह वार्षिकोत्सव

काठमाडौं । बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्नो विवाहको २०औं वार्षिकोत्सव मनाएकी छिन् । उनले वार्षीकोत्सवको अवसरमा सोसल मिडियामा सेयर गरेको तस्बिर भाइरल भएको छ ।

तस्बिर उनी आफ्नो श्रीमान् डा श्रीराम नेनेसँग रोमान्टिक स्टाइलमा देखिएकी छिन्। तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘सोलमेट्स फरएवर’ ।

माधुरी आफ्नो श्रीमानसँग विवाह वार्षीकोत्सव मनाउन पूर्वी अफ्रिकाको सेशेल्समा पुगेकी छिन् ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया