बरालको ‘ढाक्यो मायाले’

काठमाडौं । नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालको आवाज रहेको नयाँ गीत ‘ढाक्यो मायाले’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बराललाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउन्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् ।

वैशालु उमेरमा रहेका प्रेमी जोडीको मायाप्रेमको कथालाई गीतको भिडियोमा देखाइएको छ । भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् । गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा प्रस्तुत गरिएको छ ।

भूपेन्द्र महतको शब्द, हरि लम्सालको संगीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोमा नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया