महराको स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि नर्भिक ईन्टरनेशनल हस्पिटलमा भर्ना गरिएको छ । उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वासमा समस्या देखिएपछि प्रहरीले महरालाई अस्पताल भर्ना गरिएको हो ।

सिंहदरबार वृतको हिरासमा राखिएका महराको यसअघि नै स्वास्थ्यमा समस्या देखिएपनि अस्पताल जान उनले अस्विकार गरेका थिए । प्रहरीले त्यसपछि उनलाई हिरासतमै राखेर अक्सिजन दिएको थियो । संसद सचिवालयमा कार्यरत एक कर्मचारीको यौन दुव्र्यवहारको आरोप लगाएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया