बाउन्ड्रीमै बल हराएपछि…….

एजेन्सी, नयाँ दिल्ली । भारतमा जारी दक्षिण अफ्रिका र भारतविरुद्धको पहिलो टेस्ट खेल जारी छ । पहिलो इनिङ्समा भारतले ५ सय २ रन बनाएपछि पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको छ । पाहुना टोली दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्सको सुरुआती समयमा पहिलो विकेट गुमाइसकेको छ ।

खेलमा बिहीबार दक्षिण अफ्रीकाका केशब माहाराजाले आफ्नो ५२ औँ ओभरको पाचौँ बल फाल्ने क्रममा विकेट किपरले बलको भेउ नपाउँदा बल बाउन्ड्रीमा पुग्यो र बाइको रूपमा भारतले ४ रन प्राप्त ग¥यो । बल बाउन्ड्रीमा पुगेपछि फिल्डरले बल लिन बाउन्ड्री पुग्दा बल भेटिएन । बल खोज्न केही समय नै लाग्यो । दर्शकलाई त गल्ली क्रिकेट खेल्दा बल हराएको सम्झना आयो होला !

बलब्वाई सहित ३ खेलाडीले बलको खोजी गरे तर बल भेट्टाउन सकिएन । कहाँ गयो त बल रु सबै अचम्ममा परेका थिए । तर, बललाई क्यामेरा म्यानले देखेका रहेछन् र टिभीमा देखाइयो, अझै खेलाडी बलको खोजीमा थिए । उनीहरू पिच कभर पल्टाइ पल्टाइ हेर्दै थिए । पछाडिबाट एडेन मक्र्रम आए र बल टिपेर फर्किए ।

बल बाउन्ड्री डोरीमा राखिएको स्पोन्सरको विज्ञापन अंकित फोमको बीचमा अड्किएको रहेछ । पहिलो टेस्टमा भारतका ओपनर मयांक अग्रवाल र रोहित शर्माको ३ सय १७ रनको साझेदारीमा भारतले उत्कृष्ट सुरुआत गरेको हो । पहिलो विकेटक लागि ३ सय रनको साझेदारी भारतको इतिहासमा तेस्रो पटक हो भने पछिल्लो १३ वर्षपछि भारतले टेस्टमा पहिलो विकेटको लागि ३ सय रनको साझेदारी गरेको हो ।

भारतका लागि अग्रवालले २ सय १५ रन बनाउँदा रोहितले १ सय ७६ रन जोडे । दक्षिण अफ्रिकाको लागि केशव माहाराजाले ३ विकेट हात पारे । दक्षिण अफ्रिकाले भारतसँग ३ टेस्ट म्याचको सिरिज खेल्ने छ ।

प्रतिक्रिया