टोटनहममाथि बायर्नको फराकिलो जित

एजेन्सी, लन्डन । युरोपियन च्याम्पियन्स लिगमा बायर्न म्युनिखले टोटनहममाथि ७–२ को फराकिलो जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत भएको खेलमा टोटनह्यामलाई लज्जास्पद हारको स्वाद चखाउन बायर्नका लागि नाब्रीले चार गोल गरे । जर्मन च्याम्पियन बायर्नविरुद्ध टोटनह्यामले सुरुवाती अग्रता लिएको थियो । खेलको १२औँ मिनेटमा सन ह्युङ मिङको गोलमा टोटनह्यामले अग्रता बनाएको थियो ।

तर यो अग्रता तीन मिनेटपनि टिक्न सकेन । खेलको १५औँ मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई बराबरीमा पु‍¥याए । ४५औँ मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई २–१ ले अगाडि राखे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बायर्नले ५३औँ मिनेटमा तेस्रो गोल ग¥यो । बायर्न लागि नाब्रीले गोल गरे ।

त्यसपछि ५५औँ मिनेटमा उनले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । हेरी केनले ६१औँ मिनेटमा गोल गर्दै अन्तर ४–२ मा झारे पनि बायर्नले त्यसपछि तीन गोल थप्यो । ८३औँ मिनेटमा नाब्रीले गोल थप्दै बायर्नको अग्रता बढाए । ८७औँ मिनेटमा लेवान्डोस्कीले छैटौं गोल गरे । ८८औँ मिनेटमा नाब्रीले नै गोल व्यक्तिगत चौथो गोल गरेपछि बायर्नले ७–२ को जित निकाल्यो ।

‘फुटबलमा यस्तो नतिजा आउन सक्छ । उनीहरूको सबै प्रहार गोलमा परिणत भइरहेका थिए ।हामी निकै निराश छाँै तर, हामीले हारबाट आत्तिनुभन्दा पनि आगामी दिनमा कसरी सुधार गर्र्दैअघि बढ्न सकिन्छ भनेर सोच्न आवश्यक छ ।’

‘यो प्रदर्शन शब्दमा वर्णन गर्न कठिन छ । ७–२ को जित । यो कसैले पनि कल्पना गरेको थिएनौ,’ गन्याब्रीले भने । च्याम्पियन्स लिगमा इङलिस क्लबविरुद्ध ४ गोल गर्ने गन्याब्री दोस्रो खेलाडी हुन् । यसअघि २०१० मा बार्सिलोनाका लियोनल मेसीले आर्सनलविरुद्ध ४ गोल गरेका थिए ।

समूह ‘बी’ अन्तर्गत नै मंगलबार भएको अर्को खेलमा रेड स्टार बेलग्रेडले ओलम्पियाकोसलाई ३–१ ले हरायो । समूह ‘सी’ मा सिटीले डाइनामो जाग्रेबलाई २–० ले हरायो । सिटीको जितमा रहिम स्टर्लिङ र फिल फोडिनले समान एक गोल गरेका थिए ।

यता समूह ए मा मड्रिडले क्लब ब्रुजसँग २–० ले पछि परेको स्थिति उल्ट्याउँदै अन्तत खेल २–२ को बराबरीमा टुंग्याउन सफल भएको हो । समूह ‘ए’ मै पिएसजीले गलाटासरेलाई १–० ले हरायो । समूह डि मा युभेन्टसले बायर लेभरकुसनलाई ३–० ले हराउदा एट्लेटिको मड्रिडले लोकोमोटिभ मस्कोलाई २–१ ले निराश बनायो ।

प्रतिक्रिया