शिक्षक पेशासँगै कलाकारीतामा पनि जम्दै लोकेन्द्र

दैलेख । दैलेखी माटोले जन्माएको गाएक हुन् लोकेन्द्रकुमार जिसि । प्रायः सबै बिधाका गीतहरु गाउँन सक्ने क्षेमताका गाएक मध्येका कलाकारमा लोकेन्द्रलाई पनि लिन सकिन्छ । उनलाई नचिन्ने प्रायः कमै होलान् सबैसँग नजिक हुने, सबैलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्ने समाजसेवि जिसि दैलेखकोे नारायण नगरपालिका–ं १ गहतारीमा २०३७ सालमा जन्मीएका हुन् ।

उनि यति बेला आफ्नो शिक्षक पेशासँगै सांगितिक क्षेत्रमा पनि जम्दै आएका छन् । शिक्षक पेशामा आवद्ध भए पनि विद्यालय बन्द भएको अवसर पारेर बिभिन्न उनले गीतहरु बजारमा ल्याइराखेका छन् । सानो छँदाको रहर पुरा गर्न सांगितिक क्षेत्रमा प्रवेश गरेका उनले हाल झ्याउरे, देउडा, आधुनिकलगाएत सबै गीतमा सहभागिता जनाएका छन् । जिसिले शब्द, लय र स्वर दिएका गीत करिव एक सयभन्दा बढि भइसकेको जानकारी दिए ।

उनि आफै गित गाउँनदेखि लिएर लय सिर्जना र अभिनयसमेत गर्छन । सबै बिधाका गीतमा शब्द लेख्न सक्ने कला उनमा पाइन्छ । दैलेखको सामान्य गाउँमा जन्मिएका जिसिलाई शिक्षक पेशामा आवद्ध हुदाँ पनि त्यो पेशाले उनको सांगितिक यात्रामा बाधा पुर्याएन । स्वास्थ्य विषयमा स्नाकोतर गरिसेका जिसि हाल श्री सरस्वति माध्यामिक विद्यालयमा शिक्षण गर्दै आएका छन् ।

सामान्य परिवारबाट माथि उठेँंगै शिक्षक पेशामा लागेदेखि आर्थिक स्थिति सुधार भएपछि आफु संगितक क्षेत्रमा प्रवेश गरेको बताए । २०६५ सालबाट ‘कस्तो माया लाएँ’ गितबाट सुरु गरेको सांगितिक यात्रा अहिले दरिलो बनेको छ । त्यसलगत्तै उनको ‘माया गर्ने मुट रेटिसक्यौ र’ गीतले उनलाई लोकन्द्र जिसि कुमार भनेर सबै सामु चिनायो । उक्त गीतमा राम्जी खाँण र टिका पुनको स्वर रहेको छ भने शब्द लय जिसिकै छ ।

सोही गीतको भिडियोमा उनले आफै अभिनय गरेका छन् । जिसि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखका संस्थापक अध्यक्षसमेत हुन् । पछिल्लो समय नेपाली गीत संगीतका कलाकारहरु भन्दा फरक धारमा एक पछि अर्को गीत बजारमा ल्याउने क्रममा गायक, सर्जक ,मोडल, लोकेन्द्रलाई ‘घर कर्णाली पारी’ नामक देउडा गीतले अझै उचाइमा पुर्याएको थियो ।

कर्णाली प्रदेशमै पहिलो पटक ड्रोन क्यामरावाट छायंँकन गरिएको देउडा गीतको म्युजिक भिडियो दैलेख जिल्लाका विभिन्न रमणीय ठाउँहरु वेलासपुर मन्दिर, दैलेख सदरमुकाम, कोतगढि, लोहोरे र छामघाटको संगम स्थल चुप्रा दोभान, लगाएतका ठाउँमा छायांकन गरिएको थियो । उनि हुन त स्थानिय तहमै भिडियो निर्माणमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया