खोजखबर

राष्ट्रियसभामा दुई विधेयक पारित

सौर्य अनलाइन २०७६ भदौ २६ गते १७:२२ मा प्रकाशित

काठमाडौँ । राष्ट्रियसभाकोे बैठकले वन र वातारणसित सम्बन्धित दुई विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।आजको बैठकले पारित गरेका ती विधेयकमा वातावरण संरक्षण विधेयक २०७५ र वन विधेयक २०७५ रहेका छन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ती दुई विधेयकलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २९ गते आइतबार दिनको ३ बजे बस्नेछ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय