आर्मी र पुलिस विजयी

काठमाडौ । दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी भएका छन् ।  नयाँ बसपार्कस्थित ढोराटन क्लबको कोर्टमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–१ को सेटमा तथा पुलिसले आयोजक प्रगतिशील युवा नेपाल क्लबलाई ३–१ को सेटमा जित निकाल्दै वियजी सुरुआत गरेको हो । मंगलबारको लागि तय भएको खेल वर्षाले प्रभावित बनेपछि बुधबार खेलाइएको खेलमा आर्मीले सफलता पाएको हो । प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २५–२० ले आफ्नो पक्षमा पारेको थियो

दोस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै जिततर्फ अग्रसर बनेको आर्मीले प्रतिस्पर्धात्मक तेस्रो सेट २४–२६ ले गुमाएको थियो । चौथो सेटमा एक समय ४–१० ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२३ को जित निकाल्दै ३–१ को सेटमा जित हात पा¥यो । बुधबारै समूह ‘बी’ मा उपाधिको दावेदार नेपाल पुलिस क्लबले आयोजक प्रगतिशील युवा नेपाल क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१७, २५–१८ र २५–१५ को सहज जित निकाल्यो ।

आर्मीसँग पराजित हुनुअघि एपीएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो एपीएफले ढोरपाटनमाथि २५–९, २५–१८ र २५–२३ को सहज जित निकाल्यो । गण्डकी प्रदेश र गल्कोट स्पोर्टस् क्लब टोकियो जापानबीचको खेल वर्षाले रद्ध हुन पुग्यो । गण्डकीले सुरुआती दुई सेट २५–१९ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पनि गण्डकीले अग्रता लिइरहँदा वर्षा भएपछि खेल सुचारु हुन सकेन । बुधबारकै लागि तय आर्मी र जावलाखेलबीचको खेल पनि हुन सकेन ।

प्रतिक्रिया