एनआइसी एसियाले थप्यो तीन नयाँ शाखा

काठमाडौं । एनआइसी एसिया बैंकको तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङको विराटनगर मेनरोड, रोडशेष र हाटखोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मेनरोड, रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे, भने हाटखोलास्थित हाटखोला शाखाको उद्घाटन मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरे ।

बैंकले हाल मुलुकभर बाट २९८ शाखा कार्यालय, ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया