एनसीसी बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको आर्थिक बर्ष २०७३/७४ र २०७४/७५ को क्रमशः २०औं र २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा प्रस्ताव गरिएको १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ० दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ । साथै सभाबाट पारित १५ दशमलव ८९ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी ८ अर्व १३ करोड ३८ लाख ४० हजार ८ सय २२ पुग्नेछ ।

बैंकको केन्द्रीय कार्यालय सिद्धार्थनगरबाट काठमाण्डौमा स्थानान्तरण गरे पश्चात पहिलो पटक वार्षिक साधारण सभा काठमाडौमा सम्पन्न भएको हो । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२० शाखा र ८६ वटा एटिएम सञ्चालन गरी आÇना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ मा ७३ अर्ब ३५ करोड निक्षेप परिचालन तथा ६४ अर्ब ८१ करोड कर्जा प्रवाह गरी खुद नाफा १ अर्ब ५१ करोड आर्जन गरेकोछ ।

प्रतिक्रिया