बिज्ञान र निशाको ‘हात लाग्यो २’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लोक गायक बिज्ञान रोकाया र गायिका निशा सुनारको आवाजमा रहेको गीत ‘हात लाग्यो २’ सार्वजनिक गरिएको छ । बिज्ञान रोकाया नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा लोकेश बमको लय/शब्द रहेको छ, भने बिज्ञान रोकायाको संगीत रहेको छ । गीतको एरेन्जमेन्ट ओम सुनारले गरेका हुन भने, मिक्सिङ मास्टरिङ कुमार रानाले गरेका हुन ।

गीतको म्युजिक भिडियोमा निकै नै रमाईलो तथा आर्कषक नृत्य प्रस्तुत गरिको छ । भिडियोमा चक्र बम, करिष्मा ढकाल र नरेश बोहराले आर्कषक नृत्य तथा अभिनय गरेका छन । बिक्रम चौहानले निर्देशन गरेको गीत भिडियो अरोन अशोक कुमारले खिचेका हुन । भिडियोको सम्पादन भने मिलन विशवकर्माले गरेका हुन । युवा गायक तथा संगीतकार रोकाया कर्णलीको मौलिक लोक संस्किृतिको उजागर गर्दै गीत संगीत उत्पादन गरिरहेका छन ।

प्रतिक्रिया